राजदूत

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १, मंगलबार (१० महिना अघि)
  • ३० पटक पढिएको
परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

साउन १, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन् ।

उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए ।

#राजदूत

ताजा अपडेट

खोजी गर्नुहोस