संसदीय समिति

आज एकै दिन पाँचवटा संसदीय समितिका बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३, बिहिबार (१० महिना अघि)
  • ७४ पटक पढिएको
आज एकै दिन पाँचवटा संसदीय समितिका बैठक बस्दै

साउन ३, काठमाडौँ । संसदका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता बृद्धिको सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।

#संसदीय समिति

ताजा अपडेट

खोजी गर्नुहोस