वैज्ञानिक समाजवादी पार्टी

वैद्यबाट फुटेको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३, बिहिबार (१० महिना अघि)
  • ८५ पटक पढिएको
वैद्यबाट फुटेको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने

साउन ३, काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने बताएको छ । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा सो पार्टीबाट अलग भएको समूहले एकता प्रक्रिया असफल भएकाले नयाँ पार्टी गठन गर्ने बताएको हो ।

संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका थिए । उनले अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा हल्ला मात्र भएको उनले बताए ।

#वैज्ञानिक समाजवादी पार्टी

 

ताजा अपडेट

खोजी गर्नुहोस