निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आफै नाम फिर्ता लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १४, सोमबार (९ महिना अघि)
  • ८१ पटक पढिएको
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आफै नाम फिर्ता लिए

साउन १४,काठमाडौँ । निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिएका थिए । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका थिए ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।

गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस