मन्त्रिपरिषद बैठक: १८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई निरन्तरता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १४, सोमबार (९ महिना अघि)
  • ११९ पटक पढिएको
मन्त्रिपरिषद बैठक: १८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई निरन्तरता

साउन १४,काठमाडौँ । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । ती देशमा नयाँ राजदूत सिफारिस भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस