अदालत

अदालतको अवहेलनासम्बन्धी मुद्दा हेर्न ९ जना न्यायाधीशको पूर्ण इजलास बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १७, बिहिबार (९ महिना अघि)
  • ६६ पटक पढिएको
अदालतको अवहेलनासम्बन्धी मुद्दा हेर्न ९ जना न्यायाधीशको पूर्ण इजलास बस्दै

साउन १७, काठमाण्डौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीवार सर्वोच्च अदालतमा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा पूर्ण इजलास गठन भएको हो ।

इजलासमा न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंङगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन् । अवकाश भइसकेका सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई समेतलाई आक्षेप लगाउनेगरी सिधाकुरा डट्कममा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले दायर गरेको रिटमाथि ९ जना न्यायाधीशको इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

#अदालत

ताजा अपडेट

खोजी गर्नुहोस