शपथ

एमालेको उपाध्यक्षमा मनोनित बरालसहित स्थायी र केन्द्रीय कमिटी सदस्यले लिए शपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २०, आईतबार (९ महिना अघि)
  • ९२ पटक पढिएको
एमालेको उपाध्यक्षमा मनोनित बरालसहित स्थायी र केन्द्रीय कमिटी सदस्यले लिए शपथ

साउन २०, काठमाडौँ । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् ।

पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, एक स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतलाई आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ दिलाए ।

गत बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराललाई मनोनित गरेको थियो भने स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको थियो ।

यस्तै, बैठकले केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।

#शपथ

ताजा अपडेट

खोजी गर्नुहोस