भाद्र २८, काठमाण्डौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका गर्ने तयारी छ ।
नियुक्तिलगायतको विषयमा प्रधानमन्त्री ओलीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।