एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ४६ पटक पढिएको
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार प्रदान

भाद्र ३०, काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ ।
शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो ।

२०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गर्नु भएको थियो । यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म पूर्ण सुनुवाइ हुने भएको हो । एनसेलको सेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई सेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस