आज चार वटा संसदीय समितिको बैठक: के-के विषयमा हुँदैछ छलफल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ९, बुधबार (३ महिना अघि)
  • ३६ पटक पढिएको
आज चार वटा संसदीय समितिको बैठक: के-के विषयमा हुँदैछ छलफल ?

माघ ९,काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस