संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १३, आईतबार (३ महिना अघि)
  • ३९ पटक पढिएको
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

माघ १३, काठमाडौँ । संङघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

आजै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गर्नका लागि बिहान ११ः३० बजेवाट सुरू हुने गरी बैठक बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस