विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको उद्योग समितिबाट पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १३, आईतबार (३ महिना अघि)
  • ५७ पटक पढिएको
विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको उद्योग समितिबाट पारित

|

माघ १३, काठमाण्डौँ ।  विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट पनि पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक प्रतिनिधिसभाको समितिबाट आज (आइतबार) पारित भएको हो ।

समितिको आइतबारको बैठकले विद्युतीय व्यापार विधेयक सर्वसम्मतिले पारित गरेको हो । समिति सभापति अब्दुल खानले सबैको सर्वसम्मतिले विधेयक पास भएको घोषणा गरेका थिए । समितिबाट पारित भएको विधेयक प्रतिवेदनसहित संसदमा पेस गरिने उनले जानकारी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस