माघ १५, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारेका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहिले सरकार ढल्छ भन्दै पटक(पटक मिति तोक्ने काम गरेको भन्दै २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पारेका हुन् ।
सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । ओलीले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरु प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको स्पष्ट पारे ।