एमालेका उपाध्यक्ष बादल भन्छन्-‘माओवादीको जनयुद्ध हिंसा नै हो’

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ २५, शुक्रबार (३ महिना अघि)
  • ६५ पटक पढिएको
एमालेका उपाध्यक्ष बादल भन्छन्-‘माओवादीको जनयुद्ध हिंसा नै हो’

माघ २५, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा नै भएको बताएका छन् । अछामको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको कलंक पाप हो । त्यहाँ मर्ने र मार्ने हुन्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीले जनयुद्धबारे गरेको टिप्पणीमा आफ्नो कुनै आपत्ति नहुने पनि बताएका छन् । जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर गरे । उनले भने, ‘हिंसा भनेको वर्गसंघर्ष हो । अथवा संघर्षको सर्वोच्च रुप हो ।’ यद्यपि प्रत्येक हिंसा भने युद्ध हुन नसक्ने बताए ।

उनले नेकपा गठन गर्दा जनयुद्धको विषयमा ‘नेपालमा चलेको १० वर्षको जनयुद्धले अथवा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको छ’ भन्ने उल्लेख रहेको बताए । उनले नेकपा एमालेको १० औँ महाधिवेशनले पनि त्यो कुरालाई पूर्ण रुपमा उल्लेख नगरेको स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस