वैशाख, १७ काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आज एक हुदैछन् । दुई दलबीच कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा दिउँसो ११ बजे पार्टी एकीकरण हुने भएको हो ।
एकिकरण पछि पार्टीको नाम नागरिक जनमत पार्टी हुने भएको छ । जसअनुसार एकता पछि उन्मुक्तिका संरक्षक रेशम चौधरी पहिलो वरियतामा रही पार्टीको संरक्षक रहनेछन् भने दोस्रो वरियताका साथ सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्षका रुपमा तेस्रो वरियतामा रहनेछन् ।
साथै, एकिकरणपछि पार्टीको चुनाव चिन्हमा उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गरिएको छ । एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ ।
नयाँ बन्ने पार्टीमा २५ सदस्सीय केन्द्रिय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।
दुई पार्टीको एकता भएपछि नागरिक जनमत प्रतिनिधि सभामा १० सिटसहित छैटौँ ठूलो दल बन्नेछ ।