माओवादी–नेसपा समायोजन: प्रचण्ड र गंगाको हस्ताक्षरमा ५ बुँदे निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १२, सोमबार (३ हप्ता अघि)
  • ६७ पटक पढिएको
माओवादी–नेसपा समायोजन:  प्रचण्ड र गंगाको हस्ताक्षरमा ५ बुँदे निर्णय

जेठ १२,काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का नेता गंगानारायण श्रेष्ठ नेतृत्वको टोली आज माओवादी केन्द्रमा फर्किएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र श्रेष्ठ नेतृत्वको नेसपाको सोमबार ललितपुरमा आयोजित पार्टी समायोजन सम्बन्धी भेलामा पाँच बुँदे निर्णय भएको छ ।

त्यसमा श्रेष्ठलाई केन्द्रीय सचिव पद दिने र बाँकीलाई सम्माजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गर्ने लगायतका बुँदाहरु उल्लेख छन् ।

प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेको निर्णयमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।

पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुफको समाजवादी क्रान्तिको कार्यत्रम हुने छ ।

समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गर्ने र तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।

पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रीयताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई सञ्चालन गरिने गर्ने उल्लेख छ । साथै कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टीपंक्तिभित्र छलफल गर्न सकिने पनि उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस