भिजिट भिसा प्रकरण: गृहमन्त्री रमेश लेखक निर्दोष रहेको कांग्रेसको दाबी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १२, सोमबार (२ दिन अघि)
  • ७५ पटक पढिएको
भिजिट भिसा प्रकरण: गृहमन्त्री रमेश लेखक निर्दोष रहेको कांग्रेसको दाबी

जेठ १२,काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस