प्रधानमन्त्री ओलीको बोलीप्रति गगन थापाको आपत्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १२, सोमबार (३ हप्ता अघि)
  • ६७ पटक पढिएको
प्रधानमन्त्री ओलीको बोलीप्रति गगन थापाको आपत्ति

जेठ १२,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् ।

आज बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आउँदा दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते सङ्घीय राजधानी काठमाण्डौलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । यो अभिव्यक्तिप्रति थापाले आपत्ति जनाएका हुन्।

महामन्त्री थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयम् उत्तेजक हुने अभिव्यक्ति दिनु कल्पनाबाहिरको कुरा भएको बताए । उनले आउँदा दिनमा त्यस्ता कुराहरू नबोल्न सचेत गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस