वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८७८ नेपालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ ।

अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको मूख्य कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।

एक वर्ष यतामात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् ।

नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराईनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगाण्डा र नाइजेरियामा एक–एक नेपालीको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस