पहाडी भूभागका आंशिक बदली, अरु ठाउँको मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा देशका अरु ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रमा दिनभर आंशिक बदलीको अवस्था रहे पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसमविद वरुण पौडेलले बताए ।

पूर्व र पश्चिमका माथिल्लो पहाडका केही ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको उनले बताए । यस्तै उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना छ ।

तर तराईका क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहनेछ । बिहान हुस्सु लागे पनि दिउँसो मौसम सफा रहने मौसमविद पौडेलले बताए ।

काठमाडौँ उपत्यकाको मौसम पनि बिहीबार सामान्यतया सफा नै रहने देखिएको छ । दिउँसो दुई–तीन बजेपछि आंशिक बदली हुने सम्भावना छ । बिहान ३.६ डिग्री न्यूनतम तापक्रम मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १८ देखि २० डिग्री पुग्ने अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस