काठमाडौं उपत्यकाको तापक्रम घट्यो, मौसम सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आइतबारदेखि न्युनतम तापक्रम घटेको हो । गएको शनिबार काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा निकै उतारचढाव आएको थियो ।

यसवर्ष अहिलेसम्म सबैभन्दा कम न्यूनतम तापक्रम ०‍.५ डिग्री सेल्सियसम्म पुगेको थियो ।

सोमबार काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कम भएकाले आइतबार आशिंक बद्ली भए पनि सोमबार सामान्यतया मौसम सफा हुने मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

उहाँका अनुसार सोमबार हिमाली भेगमा राति भने हल्का हिमपातको सम्भावना छ । यस्तै पश्चिम पहाडी भेगमा आशिक बद्लीको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस