बम्जनले सर्लाहीकी अर्की एक आनी पनि बेपत्ता बनाएको उजुरी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । रामबहादुर बम्जनको आश्रमबाट अर्की एक आनी पनि बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ।

बागमती नगरपालिका–१२ काजीराम टोलकी सोमनी बोटले २९ वर्षीया छोरी रीता ९ वर्षदेखि बेपत्ता रहेकाले खोजतलास गरिदिन निवेदन दिएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी पोषराज पोखरेलले बताए।

रीता ०६३ सालमा बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न गएको परिवारले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस