ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ३,   पाँचथर । फिदिम नगरपालिका–२ मा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुने पुरुषको सनाखत भएको छैन।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २९६१ नम्बरको ट्रयाक्टर करिब राति साढे ८ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्रयाक्टरमा सवार अन्य तीन जना पनि घाइते भएका छन्।

उनीहरुको जिल्ला अस्पताल पाँचथर र पाथीभरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कर्याालय प्रहरी नायब निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस