वर्षाका कारण नेपालगञ्ज जलमग्न , आवागमनमा समेत कठिनाई

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २५,बाँके । दुई दिनदेखि परेको वर्षाका कारण नेपालगञ्जको विभिन्न स्थान जलमग्न भएको छ । कतिपय स्थानमा घर समेत डुबेको छ ।

नेपालगञ्जको फुलटेक्रा, धम्बोझी, बेलासपुर, घरबारीटोल, गणेशपुरलगायतका स्थान जलमग्न भएपछि आवागमनमा समेत कठिनाई भएको छ ।

नगरको नाली सफा नहुँदा डुबान भएको स्थानीयले बताएका छन् । उपमहानगरपालिकाले नगरमा डुबान हुन नदिन नाली सफाइलाई तीव्रता दिइएको जनाएको छ ।

अविरल वर्षाका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड समेत प्रभावित भएको छ । खजुरा बजारमा पेडारी नालामा पानीको सतह सडकमाथि भएर बगिरहेको छ ।

नेपालगञ्जको मनिकापुरलगायतका स्थान समेत बर्षाका कारण प्रभावित छन् । सीतापुरमा किरणनालाको पानीसमेत सडकमाथि पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस