पूर्व–पश्चिम राजमार्गको पुल भप्सी खोलाले बगायो

Post Thumbnail

असार २८,महोत्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३, भप्सी खोलामा रहेको पुल बाढीले बगाएको छ ।

बिहीबारदेखि लगातार परेको झरीका कारण आएको बाढीले शुक्रबार राति पुल बगाएको हो । बाढीले पुलको बीच भाग पूर्ण रुपमा बगाएको छ ।

पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सयौँ यात्रुहरु शुक्रबार रातिदेखि नै अलपत्र परेका छन् । लगातारको झरीका कारण महोत्तरीका धेरै ठाउँ जलमग्न भएका छन् । सयौँ बस बर्दिवास र गौशालामा अलपत्र परेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस