कोरोना विरुद्धको युद्धमा जितौँ : होउ यान्छी

Post Thumbnail

चैत्र १, काठमाण्डौ । भूमण्डलीकरणको यो युगमा सम्पूर्ण मानव जाति नै एक गाउँरूपी पृथ्वीमा निवास गरिरहेका छन् । हरेक देशका जनताको भाग्य एकआपसमा झन्झन् नजिकबाट जोडिँदै गई एक अभिन्न समष्टि बन्न पुगेको छ । यसपटक अकस्मात् आएको नोबेल कोरोना भाइरसको महामारी चीनभित्र लामो कठिन प्रयासपछि क्रमशः नियन्त्रण हुँदै गएको छ तर दुर्भाग्यको कुरा, यही महामारी अन्य स्थानमा देखापरी विश्वभर पैmलिन थालेको हामी देख्दैछौँ ।

यसबाट सरुवा रोग, हावापानी परिवर्तन, वित्तीय सङ्कट आदि नयाँ खालका जोखिम कुनै देशको सीमाभित्र सीमित हुँदैन भन्ने चेतावनी हामीलाई पुनः प्राप्त भएको छ । विश्वको कुनै पनि एउटा देशले मात्र यसलाई व्यवस्थापन गर्न सक्दैन । चीनका राष्ट्रपति सी चिनफिङले भन्नु भए जस्तै ‘‘सम्पूर्ण मानव जाति नै एक साझा भाग्यको समग्र हो, हरेक देशका जनताको सुरक्षाका लागि जोखिमका रूपमा रहेको रोगमाथि विजय प्राप्त गर्न आपसी मेलमिलाप र सहयोग नै सबैभन्दा शक्तिशाली हतियार हो । ’’

रोगको महामारी फैलिन थालेदेखि नै चीन सरकारले सबैभन्दा प्रभावकारी कदम चाली महामारी नियन्त्रण गर्नुका साथसाथै महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहकार्यलाई पनि उच्च महìव दिएको छ । राष्ट्रपति सीले विश्व स्वास्थ्य सङ्गठन र अन्य देशसँग सम्पर्क बढाउन धेरै पटक निर्देशन दिनुभई महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य गर्न हामीलाई दिशानिर्देश गर्नुभएको थियो ।

हामीले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसस तथा विश्व स्वास्थ्य सङ्गठन र चीनको संयुक्त विशेषज्ञ टोलीलाई चीनमा आमन्त्रत गरी उहाँहरूलाई महामारीको अवस्था, महामारी नियन्त्रण गर्न गरिएका कार्य, चिकित्सा उपचार, वैज्ञानिक अनुसन्धानबारे सम्पूर्ण जानकारी गरायौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस