सरकारी अनुमानले भन्छ-नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुन्छन्, तयारी कस्तो छ ?

Post Thumbnail

चैत्र २, काठमाण्डौ । सरकारले नेपालमा कोरोना भाइरस कोभिड १९ को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए ।

‘भियतनाम, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीब्र रुपमा बढेको छैन। तर, इटाली, इरान, दक्षिण कोरियामा एक्कासी बढेको छ । इटाली र इरानकै गतिमा नेपालमा कोरोना संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन् । यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने । स्वास्थ्य अधिकारीहरुका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस