चैत्र २६,काठमाडौँ । कोरोना संक्रमणबाट विश्वभरी अहिलेसम्म ८२ हजार ८० जनाको मृत्यु भएको छ । अहिलेसम्म १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित पुगेका छन । कोरोना संक्रमित मध्ये ३ लाख २ हजार १ सय ५० जना निको भएर घर फर्किएका छन । वल्र्डोमिटरका अनुसार अमेरिकामा मंगलबारसम्म १२ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ । स्पेनमा १४ हजार ४५ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । भारतमा १ सय ६० जनाको मृत्यु भएको छ ।