नेपालको पर्यटनमा कोरोना भ्याक्सिनपछिको आशा: खोप लगाएका सबै नेपाल आउन पाउने !

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ माघ १६, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएकालाई सहज रूपमा नेपाल आउन दिने प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिन सहज गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् ।

शुक्रबार पत्रकारहरुसँगको छलफलमा उनले सबैको सुझावको आधारमा खोप लगाएको प्रमाणसहित नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा दिने विषयमा प्रस्ताव लैजाने बताए । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित रहेको भन्दै यस क्षेत्रलाई कसरी सहज गराउने विषयमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस