माघमा बढ्यो घरजग्गा कारोबार, तीन अर्ब ७५ करोड राजस्व संकलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन २, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन २, काठमाडौँ । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गा कारोबार बढी भएको देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा लिखत पास भएको छ । पुस महिनामा ३८ हजार ८७१ वटा लिखत पास भएको थियो ।

राजस्व भने पुसको तुलनामा केही बढेको देखिएको हो । पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । मंसिर महिनामा दुई अर्ब ६४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।

स्थानीय तहले कित्ताकाँट बढाउदै गएपछि पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा घरजग्गाको कारोबार सामान्य बढ्न थालेको हो । पछिल्लो समय बैंकमा समेत तरलता सहज देखिएको छ । यसको सकारात्मक प्रभाव घरजग्गामा परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस