स्ववियु निर्वाचन: धुनिवेशी आदर्श क्याम्पसमा अनेरास्ववियू र नेविसङ्घको संयुक्त प्यानल घोषणा

Post Thumbnail

चैत्र २१,काठमाडौँ । आगामी चैत्र २४ गते धुनिवेशी आदर्श क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानल घोषणा भएको छ । अनेरास्ववियूले सभापतिसहित एक सदस्य लिएको छ भने नेवि संघले सचिव,कोषाध्यक्षसहित २ सदस्य पाएको छ ।

दुई संगठनको साझा उम्मेदवार नेकपा एस निकट अनेरास्ववियूका रोशन नेपाल सभापतिको उम्मेदवार रहेका छन् भने सुनिता विशुंखे सदस्य पदकी उम्मेदवार छिन् । यता नेवि संघबाट रञ्जिता बस्नेत सचिव,रश्मि राई कोषाध्यक्ष, रेजिना मिश्र र दिपेश तामाङ सदस्य पदका उम्मेदवार रहेका छन् । सभापतिको उम्मेदवार नेपालले क्याम्पसलाई सवल बनाउन र बिद्यार्थीको हकहितको लागि आफ्नो उम्मेदवारी रहेको अनलाइन केन्द्रलाई बताए ।

उनले भने–’हिजो पनि क्याम्पसलाई माया गर्ने विभिन्न शैक्षिक रचनात्मक कार्यक्रमहरुमा सम्पुर्ण साथिहरुलाइ समेट्दै नेतृत्व गर्ने आज पनि गरिरहेको छु र भोलि स्ववियु सभापति हुँदै गर्दा सभापतिको हैसियतले अझै धेरै गर्नेछु भन्ने बिश्वास दिलाउन चाहन्छु।’ उनले क्याम्पसमा बिद्यार्थीको सही नेतृत्व स्थापित भए मात्रै क्याम्पसको शैक्षिक वातावरण राम्रो बन्ने र प्रशासनिक सुधार समेत हुने बताए । यता नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस