सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९र८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ ।अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह चार खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । सहकारी क्षेत्रमा ९१ हजार तीन सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्ख्या ९३ हजार ७७१ पुगेको अर्थ मन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख गरेको गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस