आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा, देशभर गर्मी बढ्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस