त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० जेष्ठ २२, सोमबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ २२,काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर नदीबाट निकाल्न सकिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस