जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० जेष्ठ २७, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१३ मा खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा नरबहादुर बस्नेतका ८ वर्षका छोरा पाण्डव बस्नेत र टीकाराम बस्नेतका ९ वर्षका छोरा प्रमोद बस्नेत रहेका वडाअध्यक्ष यज्ञबहादुर बटालाले जानकारी दिए । उनीहरु हिजो स्कुल छुटेपछि पौडी खेल्न गएका थिए । भेरीको पानी लिफ्टिङ गरी खानेपानी र सिंचाईका लागि पोखरी बनाइएको थियो । वडाअध्यक्ष बटालाका अनुसार पानी पोखरीमा घेराबार थिएन । ४र५ वर्षदेखिको योजना रहेको र आउँदो आर्थिक वर्षमा सुरक्षित गर्ने कामका लागि योजना बनेको तर अहिले घटना भएको उनको भनाई छ ।

यस्तै दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ । लमही नगरपालिका–४ बुड्कवाका सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरीको डुबेर ज्यान गएको लमही–४ का वडाअध्यक्ष सुवास न्यौपानेले जानकारी दिएका छन् ।

पानीका मुहान सुक्न थालेपछि सिँचाइ र खानेपानीका लागि स्रोत बढाउन खनिएका पोखरी, आकाशे पानी संकलन गर्न बनाएका कृत्रिम पोखरीमा व्यवस्थित तारबार नलगाउने तथा असावधानीले डुबेर बालबालिकाले ज्यान गुमाउने घटना बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एंव जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले डुबेर बालबालिकाको मृत्यु हुने जोखिम बढेकाले रोकथामका लागि तत्काल सचेतनाका कार्यक्रम ल्याउने र समुदायमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस