मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २७, शनिबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।

कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ ।

सरकारले गत वैशाख १७ गते आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरेको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका थिए । आयोगको अध्यक्षमा विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्याल रहेका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस