७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो चरेससहित प्रहरीले एकजना विदेशीलाई पक्राउ गरेको छ ।

सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका जमर्न नागरिक ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको विमानस्थलले जानकारी दिएको छ ।

उनले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस