स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २९, प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस