धरानबासीका लागि हर्क साम्पाङले ल्याए खानेपानी, राति १२ः३ बजे पानी परीक्षण सफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निवार्चित भएका साम्पाङले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या हल गर्ने बताएका थिए । उनको पहिलो प्राथमिकता धरानबासीलाई खानेपानी ल्याउने थियो । उनको निरन्तर प्रयास र मेहनतले गएराति १२ः३ बजे पानी ल्याउने परीक्षण सफल भएको छ ।

पानी ल्याउन परीक्षण सफल भएपछि मध्यरातमा उनी भावुक देखिएका थिए । पानी ल्याउनकै लागि मेयर साम्पाङसँगै धेरै धरानबासी रातभर जाग्राम बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस