प्रेम कुमार टिबडेवाल, जसले दिए महानगरलाई २६ धुर जग्गा !

Post Thumbnail

दिपू वर्णवाल

जेठ ३०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गरेका छन् । वीरगञ्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गरेका हुन् । ।

जिल्ला मालपोत कार्यालय पर्सामा आज रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् । मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गरेका हुन् । जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूहरुले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताए ।

विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने आफूहरुको धारणा रहेको पनि उनले बताए । ‘हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उनले भने, ‘त्यसलाई अझै व्यवस्थित बनोस भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनि पुर्जा ग्रहण गर्दै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गरे ।

कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताए । वडा नम्वर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा मंगलबार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस