नुवाकोट बेलकोटगढीमा पहिरोले पुरिएर एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ३२, नुवाकोट । बेलकोटगढी नगरपालिका २ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बेलकोटगढी १२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस