नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई ७ दिने स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाइएको तारबार काटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साहलाई स्पष्टीकरण सोधेको छ ।

पूर्वजानकारी र सूचना नदिई महानगरका प्रमुख मेयर साहको निर्देशनमा विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार भत्काएपछि प्राधिकरणले शुक्रबार मेयर साहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । प्राधिकरणले महानगरको यस कार्यलाई कानुनविपरीत भएको जनाएको छ ।

प्राधिकरणका अनुसार अनुसार महानगरको वडा नम्बर ९ मा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगाइएको तारबार महानगरले बिहीबार काटिदिएको थियो । यसै सम्वन्धमा प्राधिकारणले मेयर साहलाई ७ दिन भित्र स्पष्टीकरण दिन चिठ्ठी काटेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस