असार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ र मोबाइल नेपाल कंग्रेस हुदै

Post Thumbnail

असार ५, काठमाण्डौँ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश एमएनसीको पनि आयोजना गर्नेछ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत ब्यप्तिहरु रहेका छन ।

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।
असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय बिज्ञहरुको ४ वटा कि(नोट र मन्त्री रेखा शर्मासंगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय९आइडेन्टिटी० र डिजिटल गभर्नेन्स सम्वन्धि सेसनहरु रहेका छन ।
कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु संचालन हुनेछन ।

ताजा अपडेट

खोजी गर्नुहोस