हवाई इन्धनको मूल्य प्रतिलिटर १० देखि २६ रुपियाँसम्म घटाइयो, हवाई भाडा पनि घट्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्यप्रति लिटर २६ रुपियाँसम्मले घटाउने निर्णय गरेको हो ।

निगमले आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएर १५० कायम गरेको छ भने बाह्य तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपियाँ घटाएर १५१.११ रुपियाँ कायम गरेको छ ।

निगमले हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २०० अमेरिकी डलर घटाएको हो । घटेअनुसार प्रतिकिलोलिटर हवाई इन्धन एक हजार १५० डलर कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस