असार १८, काठमाण्डौँ । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं स्तिथ ‘ISMT College’ को दिक्षान्त समारोह सम्पन्न भएको छ । मंसिर ९ गते कलेजको उक्त समारोह काठमाडौंको होटल ‘याक एण्ड यति’ मा सम्पन्न भएको हो ।
सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि Professor John Murry तथा अभिभावकहरुको उपस्थितिमा समारोह सम्पन्न भएको कलेजले जनाएको छ । ISMT GROUP ले काठमाडौं,चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धनमा कलेज संञ्चालन गरिरहेको छ ।