ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १८, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १८, काठमाडौँ । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सीआईबीले हिजो आइतबार मात्रै सोही प्रकरणका तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि सात जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस