नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो । एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस