चर्चित क्लब एलओडीका सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूलाई नाबालिगलाई क्लबभित्र छिराएको आरोप लगाइएको छ । एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको घटनापछि उनीहरूलाएई केही दिनअघि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस