कालीकोटमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाण्डौँ । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् ।
अज्ञात रोग फैलिएको जानकारी पाएपछि हिजो शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस