दोलखामा पहिरोले पुर्दा बालकको मृत्यु,दुई जना अझै बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौँ । दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु भएको छ ।

बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।

उनी गएराति माछा मार्न तामाकोसी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुईजनाको ज्यान गएको थियो ।

पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस